समाज

बाढी-पहिरोले कोशी राजमार्गमा करोडौंको क्षति

इकागज |
असार ७, २०८१ शुक्रबार २१:५१ बजे

फाइल तस्बिर

सङ्खुवासभा- कोशी राजमार्गअन्तर्गत खाँदबारी–नुम सडक खण्डमा बाढी-पहिरोले पक्की पुल बगाउँदा रु सात करोड बराबरको क्षति भएको छ । खाँदबारी– थामसेर्कुअन्तर्गत ठूलोढुङ्गा– अरुणथान खण्डमा सडकको ‘सब–बेस’ बगाउँदा रु एक करोड बराबरको क्षति भएको छ । 

थामसेर्कु–कप्ताने सडक र कप्ताने–नुम सडक खण्डमा नाली, ग्याबिन पर्खाललगायतका संरचना बगाउँदा दुई करोडभन्दा बढीको क्षति भएको उत्तर दक्षिण कोशी सडक आयोजना कार्यालय सङ्खुवासभाका प्रमुख सबिन कोइरालाले जानकारी दिए । एकुवा खोलामा डेढ वर्षअघि निर्माण सम्पन्न भएको पुल पहिरोले बगाउँदा चार करोड बराबरको क्षति भएको आयोजनाले जनाएको छ । 


मकालु गाउँपालिकाको फ्याक्सिन्दा दोभानमा रहेको अरुण नदीमाथिको पक्की पुल उच्च जोखिममा परेको छ । यो सडकखण्ड किमाथाङ्का हुँदै चीनसँग जोडिन्छ ।


Author

थप समाचार
x