सूचना तथा प्रसारण विभागले भन्यो- दरबन्दी र श्रमजीवी विवरण बुझाउनू
काठमाडौँ- सूचना तथा प्रसारण विभागले दरबन्दी र श्रमजीवी विवरण बुझाउन सूचना जारी गरेको छ । असार ५ गते सूचना तथा प्रसारण विभागले दरबन्दी र श्रमजीवी विवरण बुझाउन मिडिया हाउसहरूलाई एक सूचना जारी गरेको हो ।
अनलाइन सफ्टवेयर प्रणालीमा सञ्चार गृहहरुको (पत्रपत्रिका, टेलिभिजन, एफएम रेडियो र अनलाइन) स्वीकृत दरबन्दी र श्रमजीवी विवरण भर्ने गरी सार्वजनिक सूचना प्रेस प्रतिनिधि प्रमाणपत्र अनलाइन सेवामार्फत जारी तथा नवीकरणको कार्य गर्ने विभागको मिति २०८१ /०३ /५ को निर्णयानुसार आ.व. २०८१/८२ को लागि सञ्चार प्रतिष्ठानमा (पत्रपत्रिका, टेलिभिजन, एफएम रेडियो र अनलाइन माध्यम) स्वीकृत दरबन्दी र श्रमजीवी विवरण यस विभागको वेबसाइट www.doib.gov.np मा रहेको अनलाइन सेवा मार्फत आ.ब. २०८१/८२ को लागि पठाउन सूचना जारी गरेको जनाएको छ ।
श्रमजीवी पत्रकारसम्बन्धी ऐन, २०५१ तथा नियमावली, २०५३ र प्रेस प्रतिनिधि प्रमाणपत्र तथा परिचयपत्र वितरण) कार्यविधि, २०७१ को दफा ३३ बमोजिम प्रत्येक वर्ष सञ्चार प्रतिष्ठानले आफ्नो प्रतिष्ठानमा रहेका दरबन्दीको तहगत विवरण र श्रमजीवी पत्रकार, कर्मचारी, कामदारहरुको विवरण प्रेस रजिष्ट्रार (सूचना तथा प्रसारण विभाग) समक्ष पठाउनुपर्ने व्यवस्था रहेको सूचनामा उल्लेख छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया