Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

समाज

रौतहटमा भारतीय नम्बरको स्कार्पियो दुर्घटना : दुईको मृत्यु, चारजना घाइते

इकागज |
असार ८, २०८१ शनिबार १६:५५ बजे

रौतहट- पूर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–४ धन्सार पुल छेउमा चक्का पड्केर भारतीय नम्बरप्लेटको स्कोर्पियो दुर्घटना हुँदा दुई जना भारतीय नागरिकको मृत्यु भएको छ । शुक्रबार साँझ भएको दुर्घटनामा चालकसहित गाडीमा सवार चार जना घाइते छन् । 

सर्लाहीको बागमती नगरपालिकास्थित भरत ताल घुमेर बाराको पिलुवातर्फ जाँदै गरेको बिआरजिरो ५ एटि ५९६३ नम्बरको स्कोर्पियो गाडीको पछाडि देब्रेतिरको चक्का पड्किएर अनियन्त्रित भई राजमार्गबाट तल खसेको थियो । 


गाडी खयरको रुखमा ठोक्किएर क्षतिग्रस्त गाडीमा सवार दुई जनाको मृत्यु संगै ४ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहापुरका प्रमुख इन्स्पेक्टर सुशील आचार्यले बताएका छन् ।

मृत्यु हुनेमा भारत बिहार पूर्वी चम्पारण जिल्ला ग्राम पञ्चायत झिट्काहीया ४ का ३५ वर्षीय तमन्ना शेख रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै सोही ठाउँका २१ वर्षीय ईर्फान आलमको मेडिसिटी बयोधा अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गाडी चालक २२ वर्षीय सोहेल अमिर समेत घाइते भएका थिए । घाइतेहरूको बिरगंजमा उपचार भएको प्रहरीको भनाइ छ ।


Author

थप समाचार
x