समाज

नयाँ बानेश्वरमा १९ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा भारतीय नागरिक पक्राउ

इकागज |
असार ९, २०८१ आइतबार १४:२४ बजे

सांकेतिक तस्बिर

काठमाडौँ- १९ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौँ महानगरपालिका-३१ शंखमुल बस्ने भारत बिहार राज्य मोतिहारी घर भएका ३० वर्षीय धर्मेन्द्र जैसवाललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । 

जैसवालले ती किशोरीलाई काठमाडौँ महानगरपालिका-१० नयाँ बानेश्‍वरस्थित सस्तो बजारमा जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी वृत्त नयाँ बानेश्‍वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 


Author

थप समाचार
x