समाज

रौतहटमा एक हजार किलो सुपारी बरामद

इकागज |
असार ९, २०८१ आइतबार १७:१९ बजे

रौतहट- पूर्व पश्चिम राजमार्गको रौतहटस्थित प्रहरीले एक यात्रुवाहक बसबाट एक हजार किलोग्राम सुपारी बरामद गरेको छ ।

विशेष सूचनाका आधारमा शनिबार राति साढे १२ बजे चन्द्रपुर नगरपालिका-१ पौराईस्थित प्रहरीको गस्ती टोलीले झापाबाट नेपालगंजतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४२९३ नम्बरको बस चेकजाँचका क्रममा डिकीमा राखिएको ३३ बोरा सुपारी बरामद गरेको थियो ।


बेवारिस अवस्थामा बरामद गरिएको ८ लाख ५० हजार मूल्य बराबरको एक हजार किलोग्राम बेवारिस सुपारी आज आइतबार आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता डिएसपी एलिजा गिरीले जानकारी दिएकी छन् ।


Author

थप समाचार
x