प्रतिबन्धित भारतीय रुपैयाँसहित एक जना पक्राउ
सर्लाही- लालबन्दी नगरपालिका-२ बाट नेपालमा प्रतिबन्धित भारतीय रुपैयाँ ७१ हजारसहित हरिवन नगरपालिका-४ बस्ने ३० वर्षीय सागर पाख्रिनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय नबलपुरबाट खटिएको प्रहरीले ना.३८ प ४०४५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक पाख्रिनलाई ५ सय दरका १ सय ४२ थान उक्त भारतीय रुपैयाँसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया