समाज

मकवानपुरमा जंगली च्याउ खाँदा एकको मृत्यु, चारजना बिरामी

इकागज |
असार ९, २०८१ आइतबार २०:३५ बजे

फाइल तस्बिर

मकवानपुर- मकवानपुरको राक्सिराङ गाउँपालिकामा जंगली च्याउ खाँदा एक मृत्यु भएको छ भने चार जना बिरामी भएका छन् । 

आज राक्सिराङ गाउँपालिका–७, दगुवाङमा जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका थिए । स्थानीयले उद्धार गरी चितवनस्थित भरतपुर अस्पताल पुर्याएकामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।


जंगली च्याउ खाँदा स्थानीय बलबहादुर प्रजा, उनकी ४५ वर्षीया श्रीमती जालिमाया प्रजा, छोरी १५ वर्षीया रेञ्जु प्रजा, आठ वर्षीया सविना प्रजा र १० वर्षीय छोरा सुशील प्रजा बिरामी भएका हुन् । बलबहादुरको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 


Author

थप समाचार
x