समाज

बहिनीको हत्या गर्ने पक्राउ

इकागज |
असार १०, २०८१ सोमबार १८:१९ बजे

रौतहट- पारिवारिक विवादका कारण टाउकोमा बाँसको मुँगडी प्रहार गरी आफ्नै बहिनीको हत्या गरेको आरोपमा रौतहटको परोहा नगरपालिकाका एक जना युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा परोहा ८ नरकटीया गाउँका २२ वर्षीय दीपेन्द्रकुमार राम रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन् । राममाथि ज्यानसम्बन्धी कर्तव्य ज्यान मुद्दा दायर गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर थप अनुसन्धान भइरहेको प्रवक्ता गिरीले जानकारी दिइन् ।


हिजो (आइतबार) बिहान ३ बजेर ४० मिनेटमा घरायसी विवादका कारण रिसमा दीपेन्द्रले आफ्नै बहिनी २० वर्षीया तेतरीकुमारी रामको टाउकोमा बाँसको मुँगडी प्रहार गरेका थिए । गम्भीर अवस्थामा घाइते भएकी बहिनीलाई तत्कालै उपचारका लागि नारायणी अस्पताल वीरगञ्ज लगिएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

मृतकको शव पोस्टमार्टम भएर पीडित परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x