समाज

अवैध उत्खनन गरी बालुवा ल्याइरहेका तीनवटा ट्याक्टर चालकसहित नियन्त्रणमा

इकागज |
असार ११, २०८१ मंगलबार २०:२६ बजे

रौतहट- रौतहटको कटहरिया नगरपालिकास्थित लालबकैया नदीबाट अवैध रूपमा उत्खनन गरी बालुवा ल्याउँदै गरेको अवस्थामा प्रहरीले चालकसहित तीनवटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई शिवशंकर शर्माको कमाण्डमा अस्थाई प्रहरी चौकी छेदी चौक समेतको टोलीले अवैध बालुवा ल्याइरहेको तीनवटा ट्याक्टर र चालकहरूलाई नियन्त्रणमा लिएको हो । ना७ त ३३८०, ना७ त ५६६३, ना७ त ९४१९ नम्बरको ट्याक्टर र चालकहरू गुजरा नगरपालिका ४ पाेखरभिन्डाका सकलु माझी, वडा ६ बेदौलिका दिपेशकुमार यादव र कटहरिया १ भासेढवाका सुकेश यादवलाई नियन्त्रणमा लिएको सई शर्माले बताएका छन् ।


बरामद गरिएको तीनवटै ट्याक्टर इलाका प्रहरी कार्यालय कटहरियाको नियन्त्रणमा रहेको तथा चालक तीनै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय गौर पठाइएको उनले जानकारी दिए ।

उता रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले घटनाको पुष्टि गर्दै असार लागेपछि नदी खोला उत्खननमा प्रतिबन्ध भएको जानीजानी अटेरी गरेका तीनै जना चालकमाथि केही अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।


Author

थप समाचार
x