समाज

८०० जना नेपाली कामदार लैजाँदै इजरायल, न्युनतम तलब नै २ लाख (सूचनासहित)

इकागज |
असार १२, २०८१ बुधबार १३:४ बजे

काठमाडौँ- इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न सहायक कामदार (केयरगिभर) लागि आवेदन आह्वान गरेको छ । मंगलबार वैदेशिक रोजगार विभागले ८०० जना केयरगिभरका लागि आवेदन आह्वान गरेको हो ।

मंगलबार प्रकाशित सूचना अनुसार २१ दिनभित्रमा अनलाइन मार्फत आवेदन दिन सकिने जनाएको छ ।


कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सिएमए सम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पुरा गरेको वा प्लस टु वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यताप्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभर सम्बन्धी तीन महिनाको तालिम प्राप्त गरेको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ । 

त्यस्तै पासपोर्ट म्याद समाप्त हुन कम्थिमा ३ वर्ष बाँकी हुनुपर्ने जनाएको छ ।

२५ वर्ष पुरा भई ४५ वर्ष ननाघेको, कम्तीमा १.५ मिटर उचाइ र ४५ किलोग्राम तौल भएको हुनुपर्ने सूचनामा लेखिएको छ ।

त्यस्तै विगतमा इजरायल गई कार्य नगरेको, बाबु, आमा, पति ,पत्नी, छोरा, छोरी इजरायलमा बसोबास नगरेको वा कार्यरत नरहेको, शारीरिक र मानसिक रुपमा स्वस्थ रहेको हुनुपर्ने योग्यता लेखिएको छ ।

८०० जना माग गरिएकोमा ५०० जना मुख्य उम्मेदवार हुनेछन् भने ३०० जना वैकल्पिक उम्मेदवार हुने सूचनामा लेखिएको छ । जसमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष हुनेछन् । इजरायल जाने कामदारको करार अवधी पाँच वर्षको हुनेछ ।

उनीहरूले मासिक‍ ५८८० सेकेल (इजरायली मुद्रा) न्यूनतम तलब हुनेछ । आजको मूल्यअनुसार करिब २ लाख रूपैयाँ हुनेछ ।


Author

थप समाचार
x