समाज

७४ लाख राजस्व संकलन

इकागज |
असार १२, २०८१ बुधबार १५:२१ बजे

फाइल फाेटाे

कञ्चनपुर - सवारी साधनको चाप बढेसँगै कञ्चनपुरमा चालु आर्थिक वर्षमा चार हजार चार सय जनाले सवारी चालक अनुमतिपत्र लिएका छन् ।

यातायात व्यवस्था कार्यालयका अनुसार यहाँ मोटरसाइकल, स्कुटर, ट्याक्टर, जीप/कारलगायत सवारी साधनको चालक अनुमतिपत्र जारी गरेर ७४ लाख राजस्व संकलन भएको छ । 


उक्त कार्यालयबाट सबैभन्दा धेरै मोटरसाइकल र स्कुटर चालकको अनुमतिपत्र जारी भएको छ । गत आर्थिक वर्षमा अनुमतिपत्र जारी गरेर रु ८७ लाख ५९ हजार राजस्व संकलन भएको थियो । 
 


Author

थप समाचार
x