समाज

यी प्रदेशमा छ भारी वर्षाको पनि सम्भावना

इकागज |
असार १३, २०८१ बिहीबार ६:३० बजे

काठमाडौँ- हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव  रहेको छ । 

हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती, कोशी र गण्डकी प्रदेशको केहि स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि वर्षा भइरहेको छ ।


आज दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै बागमती,लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । 

त्यस्तै आज राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। कोशी, मधेश र बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । 


Author

थप समाचार
x