समाज

मादक पदार्थ सेवन गरी क्रु मेम्बरसँग झगडा गर्दा विमानस्थलबाट फर्काइए गायक राई

इकागज |
असार १३, २०८१ बिहीबार १३:१८ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ - गायक राजेशपायल राईलाई दुबई उड्न लागेको जहाजबाट फर्काइएको छ  । दुबई जान लागेका गायक राईले  अत्यधिक मदिरा सेवन गरी एयरलाइन्सका कर्मचारीसँग झगडा गरेपछि उनलाई फर्काइएको विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सुरेश पन्थीले जानकारी इकागजलाई दिए।

आज बिहान विमानस्थलमा १० बजेको घट्ना भएको उनले जानकारी दिए । उनी फ्लाइ दुवईको जहाजबाट उड्न लागेका थिए ।


एक साङ्गीतिक कार्यक्रममा सहभागी हुन उनी त्रिभुवन विमानस्थलबाट फ्लाई दुबईको जहाजमार्फत दुबई जान लागेका थिए । विमानभित्र होहल्ला गर्नुका साथै एयरलाइन्सका कर्मचारीसँग झगडा गर्न थालेपछि राईलाई  प्रहरीको जिम्मा लगाइएको थियो ।

 


Author

थप समाचार
x