समाज

अछाममा एक किशोरी छाउगोठमा बसेको समयमा बलात्कृत भएको घटनाप्रति अखिल नेपाल महिला संघको गम्भीर ध्यानाकर्षण

इकागज |
असार १३, २०८१ बिहीबार २१:४६ बजे

काठमाडौँ- अछाममा एक किशोरी छाउगोठमा बसेको समयमा बलात्कृत भएको घटनाप्रति अखिल नेपाल महिला संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

समाजमा ​महिलाहरूमाथि हुने सबै प्रकारका विभेद, शोषण, उत्पीडन, हत्या हिंसाको विरुद्धमा विगत लामो समयदेखि बुलन्द आवाज उठाउँदै आइरहेको अखिल नेपाल महिला संघले बिहीबार विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएको हो । गत असार ४ गते मंगलबार सुदूरपश्चिमको अछाम जिल्ला पञ्चदेवल बिनायक नगरपालिका बस्ने १६ वर्ष की एक नाबालिका किशोरी छाउगोठमा बसेको समयमा बलात्कृत भएको भएकी थिइन् ।


'यो एक प्रतिनिधिमूलक घटना मात्र हो । आधुनिक युगमा पनि छाउपडी जस्तो कुरीति र रुढीवादीको कारण यस्ता अमानवीय घटनाहरू हुनु भनेको मुलुक जंगलीयुगमा नै छ भन्ने सन्देश दिनु हो,' संघका अध्यक्ष​ टुकाभद्र हमालले विज्ञप्तिमा भनेकी छन् ।

विज्ञप्तिमा  उल्लेख छ, 'विधान देशको मुल कानुन हो कानुनी राज्यको त्यतिबेला प्रत्याभूति हुन्छ जतिबेला कागजमा भएका कुराहरू व्यवहारमा लागू गरिन्छ । कानुनी राज्यको दुहाई दिनु भनेको यस्ता अमानवीय घटनामा परेका पीडितहरूलाई संरक्षण गर्ने, छाउगोठ नामक अन्धविश्वासको समूल अन्त्य गरी यस्ता अपराधमा संलग्न दोषीलाई हदैसम्मको कारबाही गर्ने जस्ता काममा राज्य जवाफदेही हुनु हो । तर, यसो हुन सकेको छैन ।'

'हालका दिनमा यस्ता सामाजिक कुरीतिहरू यत्र तत्र सर्वत्र हुँदा पनि राज्यको तर्फबाट कुनै प्रतिकार्य स्वरूपका क्रियाकलापहरू घटनाको छानबिन, पीडितको उद्धार, सहयोग र संरक्षण, पीडकलाई कानुनी कारबाही लगायत आम मानिसहरूमा छाउविरुद्धको जनचेतना जगाउने काम भएको पाइएको छैन तसर्थ यस्ता घटनाको छिटो, निष्पक्ष र विश्वसनीय छानबिन गरी दोषीलाई सजाए र पीडितलाई न्याय र संरक्षण गर्न सम्बन्धित सरोकारवालाहरूलाई अपिल गर्दैछौं,' विज्ञप्तिमा भनिएको छ ।


Author

थप समाचार
x