समाज

बिजुली काटेर स्कार्पियो गाडी चोरी

इकागज |
असार १४, २०८१ शुक्रबार १९:२१ बजे

रौतहट- रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा-३ मत्सरीमा स्कार्पियो गाडी चोरी भएको छ । स्थानीय राजन झाको घर अगाडि राखिएको बागमती प्र ०१ ०२६ च ५८६४ नम्बरको स्कार्पियो गाडी चोरी भएको हो । गाडी रिसिइबीका कारण चोरी गराइएको गाडी धनीको भनाइ छ ।

मंगलबार अबेर राति अन्दाजी १ देखि ३ बजेको समयमा गाडी चोरी भएको स्थानीयहरूले जनाएका छन् । प्रहरीमा उजुरी दिए पनि गाडी चोरी भएको ३ दिन बितिसक्दा अहिलेसम्म प्रहरीबाट कुनै किसिमको खोज तलास सम्बन्धित सूचना नआएको गाडी धनीको गुनासो रहेको छ । राजेशकुमार झाको नाममा रहेको बागमती प्र ०१ ०२६ च ५८६४ नम्बरको गाडी चोरी हुनुभन्दा पहिला गाउँभरीको विद्युत् लाइन काटेर बाटोमा रहेको सिसीटिभी बन्द हुने बित्तिकै गाडी चोरी भएकाले चोरीमा गाउँको मान्छेको पनि संलग्नता हुन सक्ने गाडी धनीले दाबी गरेका छन् ।


जिल्ला प्रहरी कार्यालय रौतहटले चोरीको घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।


Author

थप समाचार
x