समाज

गुल्मी पहिरो अपडेट : मृत्यु हुनेको संख्या पाँच पुग्यो, मृतक सबै एकै परिवारका

इकागज |
असार १५, २०८१ शनिबार ९:५४ बजे

गुल्मी- गुल्मीमा गएराति परेको वर्षाका कारण पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ ।

मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर गएराति पहिरोले पुरिएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलका अनुसार ५६ वर्षीय भेषबहादुर विक, उनकी श्रीमती ४७ वर्षीया सुन्तली, बुहारी ३० वर्षीया सीता तथा दुई नातिनी सात वर्षीया सपना र दुई वर्षीया विपना पहिरोमा पुरिएका हुन् । उनीहरू पाँच जनाकै शव भेटिएको छ ।


स्थानीयको सहयोगमा प्रहरीले पहिरोमा पुरिएकाहरुको खोजी गरेको मालिका–६ का वडाध्यक्ष दीपक भण्डारीले जानकारी दिए ।

र, यो पनि


Author

थप समाचार
x