समाज

नक्कली भुटानी शरणार्थी प्रकरण

बेचन झालाई ७ दिन थुनामा राख्‍न अदालतले दियो अनुमति

इकागज |
असार १६, २०८१ आइतबार १८:१७ बजे

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई ७ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

दोस्रो चरणको अनुसन्धानका क्रममा पक्राउ परेका झालाई आइतबार प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँ मार्फत जिल्ला अदालत काठमाडौँबाट हिरासतमा राखेर अनुसन्धान अगाडि बढाउने अनुमति लिएको हो ।


झाविरुद्ध लिखित किर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराध मुद्दामा अनुसन्धान गर्ने भएको छ । उनी पक्राउसँगै भुटानी शरणार्थी प्रकरणमा अन्य राजनीतिक संलग्नता रहेको आरोप लगाएको छ । 


Author

थप समाचार
x