समाज

भैरहवा बैंकरोडका अधिकांश पसलमा पानी पस्यो [तस्बिरसहित]

इकागज |
असार १६, २०८१ आइतबार १८:३६ बजे

भैरहवा- आइतबार केही बेर भएको वर्षाले भैरहवाको बैंकरोडका अधिकांश पसलहरूमा पानी पसेको छ । 

केही समय मात्रै भएको भारी वर्षाले बैंकरोडसहित प्रहरी टोल, मिलनचोक, मैत्री पथ लगायतका भैरहवाको मुख्य बजार नै जलमग्न भएको हो । पानीको निकास नभएका कारण सडकमा पानी जमेको छ । नालाबाट पानी ओभर फ्लो भएसँगै पसलहरूमा पनि पानी पसेको छ । 


घाम लाग्दा धुलो उड्ने समस्या झेल्दै आएका नगरवासी पानी परेपछि भने सडकमा हिलाम्यको समस्या खेप्दै आएका छन् । भैरहवाको मुख्य बजार बैंकरोड मिलनचोकमा पानी जम्दा सवारी चालक र पैदलयात्रीलाई आवतजावतमा प्रहरीले केही समय रोक लगाएको थियो । जिल्ला प्रहरी कार्यालय, भिम अस्पतालको परिसरमा पानी जमेको छ भने अस्पताल अगाडि रहेका पसलहरूमा पानी पसेको छ । 

नगर क्षेत्रमा भइरहेको सडक निर्माणसंगै ढल र नाला निर्माणको काम अव्यवस्थित हुँदा केही घण्टा मात्र परेको वर्षाको पानीले निकास नपाउँदा जलमग्न हुने गरेको छ ।


Author

थप समाचार
x