समाज

गलत बकपत्र दिनेविरुद्ध मुद्दा दायर

इकागज |
असार १६, २०८१ आइतबार २०:२७ बजे

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गलत बकपत्र दिएको अभियोगमा बाँके डुडुवा गाउँपालिका–६ का मकरध्वज पाण्डेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नेपालगञ्ज सबडिभिजन वन कार्यालय राँझाका तत्कालीन वन अधिकृत नारायण पार्धेको घुस प्रकरणका सन्दर्भमा सरकारी साक्षीका रूपमा उपस्थित भई गलत बकपत्र गरेको आयोगको भनाइ छ । आयोगले वन अधिकृत पार्धेलाई सेवाग्राहीसँग रु सात हजार घुससहित पक्राउ गरेको थियो ।


आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार गलत बकपत्र दिई कानुनविपरीतको गतिविधि गरेको अभियोगमा पाण्डेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।


Author

थप समाचार
x