समाज

बागमती खोलाले बगाएर ल्याएको शवको उद्धार

इकागज |
असार १७, २०८१ सोमबार २१:४१ बजे

काठमाडौँ- प्रहरीले बागमती खोलाले बगाएर ल्याएको शवको उद्धार गरेको छ ।

सोमबार साँझ ५ बजेर ४० मिनेटको समयमा काठमाडौँ-११ स्थित बागमती खोलाले अन्दाजी वर्ष ३०/३२ को वतन नखुलेको पुरुषलाई बगाई ल्याएको खबर पाउनासाथ पुगेको प्रहरीको टोलीले शवको उद्धार गरेको हो । घटनाको खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षक बिनोद बोहराको कमाण्डमा ३५ जना विपद् उद्धार टोली आवश्यक विपद् उद्धार सामग्रीहरूसहित पुगेको थियो । 


टोलीले लगातार १ घण्टासम्म खोज उद्धार कार्य गरे पश्चात उक्त शवलाई एम्बुलेन्स मार्फत टिचिङ अस्पताल महाराजगंज पठाएको थियो । उद्धार गरेपछि ६:२५ बजेको समयमा उद्धार टोली कार्यालयमा फिर्ता भएको थियो ।


Author

थप समाचार
x