समाज

अवलोकन टोलीको प्रतिक्रिया : बञ्चरेडाँडा ल्याण्डफिल साइटमा सबै फोहोर लैजाने क्रम तत्काल रोक्नुपर्छ

इकागज |
असार १८, २०८१ मंगलबार १८:२२ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाबाट गएको एक टोलीले बञ्चरे क्षेत्रको निरीक्षण तथा अवलोकन गरेको छ । निरीक्षणका क्रममा टोलीले बञ्चरे डाँडास्थित ल्याण्डफिल साइटमा सबै प्रकारका फोहोरहरू लैजाने क्रम तत्काल रोक्नुपर्ने प्रतिक्रिया दिएको छ ।

टोलीले पुनःप्रयोग गर्न सकिने सामान र कुहिएर मल हुने कच्चा पदार्थ पनि साइटमै लगिएको बताएको छ । उत्पादन भएकै ठाउँमा बेच्न मिल्ने सामान पनि फोहोर बनाएर साइटमा लगिएको प्रतिक्रिया टोलीको छ । यस क्रमलाई रोक्न सके मात्र साइटको आयु बढाउन योगदान हुने उनीहरूको भनाइ छ ।


टोलीले महानगरपालिकाले यस दिशामा काम गरिरहेको उल्लेख गरेको छ । उत्पादित फोहोर व्यवस्थापनमा व्यक्ति व्यक्तिको दृष्टिकोण तथा व्यवहार परिवर्तन र साझेदारहरूका बीचमा एउटै धारणा निर्माणको कामलाई प्राथमिकता दिने पनि उनीहरूको भनाइ छ । 

अवलोकन टोलीका अनुसार बञ्चरे क्षेत्रमा जैविक मल प्रशोधन केन्द्र निर्माण गर्ने, साइटमा पुगेको फोहोरको पनि मात्रा घटाउने र यसलाई ग्याँस उत्पादनजस्ता उद्योगको कच्चा पदार्थका रूपमा रुपान्तरण गर्ने कामलाई महानगरपालिकाले प्राथमिकतामा राखेको छ ।


Author

थप समाचार
x