समाज

नक्कली भुटानी शरणार्थी प्रकरण

प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

इकागज |
असार १८, २०८१ मंगलबार १८:३५ बजे

काठमाडौँ- पूर्वगृहमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका थापालाई काठमाडौँ जिल्ला अदालतले उनलाई थुनामा राख्न आदेश दिएको हो ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपित रहेका थापालाई गत शुक्रबार काठमाडौँको बौद्धबाट पक्राउ गरेको थियो । 

यस प्रकरणमा थापासहित ३० जनाविरुद्ध ०८० जेठ १० गते सरकारी वकिलको कार्यालयले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो ।


Author

थप समाचार
x