समाज

तुलाको आँटेको कामहरू बन्ने, धनुको मानसम्मान र प्रतिष्ठा बढ्ने

इकागज |
असार १९, २०८१ बुधबार ६:१३ बजे

काठमाडौँ- आज २०८१ असार १९ गते बुधबार ।

मेष
टाढाको यात्रा गर्ने मौका छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ । साथीभाईसँग मन प्रसन्न रहनेछ ।


वृष
व्यापार व्यवसायमा प्रशस्त फाइदा हुने योग रहेको छ । दाम, नाम, इनाम हात पर्ने बेला छ । श्रमको उचित मूल्यांकन हुनेछ । पढाइमा पनि प्रगति हुने समय छ ।

मिथुन
स्वास्थ्यमा सुधार आउनेछ। व्यापार व्यवसायबाट प्रसस्त लाभ मिल्नेछ । आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । पढाइ लेखाइमा प्रगति हुनेछ ।

कर्कट
रोकिएका अधुरा कामहरू सुचारु हुनेछन् । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । लामो समयपछि साथीभाईसँग भेट हुँदा मन प्रसन्न रहनेछ ।

सिंह
समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने बेला छ । स्वास्थ्यमा सुधार आउनेछ । धार्मिक काममा व्यस्त रहनुपर्नेछ । रमाइलोमा समय बित्नेछ ।

कन्या
सुख दु:खमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । आफन्तको सहयोगले महत्वपूर्ण कामहरू सफल हुनेछन् । परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।

तुला
सोचेको आँटेको कामहरू बन्नेछन् । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा बदलिने छ।

वृश्चिक
सोचेको भन्दा आम्दानी बढ्ने देखिन्छ । परिवारको सहयोग मिल्नेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ ।

धनु
नयाँ काम गर्ने अवसर मिल्नेछ । सामाजिक मानसम्मान र प्रतिष्ठा बढ्ने छ । जागिरमा पदोन्नति हुनेछ । राजनीतिमा आफ्नो बर्चस्व बढाउन सकिनेछ ।

मकर
परोपकारी काममा रुची बढ्नेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। साथीभाईसँग रमाइलोमा समय बित्नेछ ।

कुम्भ
सहयोगीहरूले काममा साथ दिनेछन् । आँटेका काम पनि सजिलै बन्नेछन् । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ ।

मीन
साथीभाईसँग भेट हुँदा मन प्रसन्न रहनेछ । शरिरमा आलस्यता हुनेछ । व्यापार व्यवसायमा प्रसस्त लाभ मिल्नेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ ।


Author

थप समाचार
x