समाज

आजको मौसम : कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

इकागज |
असार १९, २०८१ बुधबार ६:४६ बजे

काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

हाल देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ। बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा, कोशी, मधेश, कर्णाली र सूदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।


आज दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । देशका धेरै स्थानहरूका मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

त्यस्तै आज राती देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । देशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।


Author

थप समाचार
x