समाज

रारा तालमा डुबेर युवकको मृत्यु

इकागज |
असार २०, २०८१ बिहीबार २१:१२ बजे

फाइल तस्बिर

मुगु- रारा तालमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।

रारा तालको पूर्वी भागमा पौडी खेल्ने क्रममा छाँयानाथ रारा नगरपालिका–५ का २१ वर्षीय शिशिरजङ रावलको डुबेर आज मृत्यु भएको प्रहरीले जनाएको छ ।


मृतक रावल रारा ताल किनारमा निर्माणाधीन साइकल लेनमा मजदुरी गर्दै थिए । घर फर्कने क्रममा उनीसहित अरू साथीहरूसँग तालको छेउमा पौडी खेल्दा रावलको मृत्यु भएको उनका काका नरेन्द्र रावलले जानकारी दिए । 

घटनाबारे जानकारी पाउनासाथ नेपाली सेनाको हनुमान ध्वज गुल्मबाट दुई वटा डुङ्गा लिएर नेपाली सेना घटनास्थलमा पुगेको थियो । रारा विमानस्थल र  जिल्ला  प्रहरी  कार्यालयबाट थप प्रहरी टोली पुगी शव तालबाट निकालिएको हो ।

घटनाको मुचुल्कापछि शव परीक्षणका लागी जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक  वीरेन्द्र थापाले जानकारी दिए ।


Author

थप समाचार
x