समाज

इञ्‍जिनियर दिवसका दिन आठ इञ्‍जिनियरलाई सम्मान र पुरस्कृत गरिँदै

इकागज |
असार २१, २०८१ शुक्रबार १५:१७ बजे

काठमाडौं - नेपाल इञ्‍जिनियरर्स एसोसिएसनले इञ्‍जिनियर दिवसकाे अवसर पारेर ८ विधामा उत्कृष्ट इञ्‍जिनियरहरूलाई सम्मान एवं पुरस्कृत गर्ने भएकाे छ । आफ्नाे विधाबाट देशका लागि याेगदान गर्ने इञ्‍जिनियरहरूकाे मूल्यांकनका लागि सम्मान तथा पुरस्कृत गर्न लागिएकाे एसाेसियसनका महासचिव रविभूषण झाले जानकारी दिए ।

त्यसका लागि असार २५ गतेभित्र आफू वा आफूलाई उपयुक्त लागेकाे व्यक्तिकाे नाम सिफारिस गर्न एसाेसियसनले सार्वजनिक सूचना जारी गरेकाे छ । साउन ३ गते ६२ ओै इञ्‍जिनियर दिवसकाे समाराेहमा पुरस्कार तथा सम्मानपत्र हस्तान्तरण गरिनेछ ।


पुरस्कार र सम्मानका लागि परेका आवेदनहरूमध्येबाट पुरस्कार तथा सम्मानका लागि  निर्णायक समितिले नाम छनाैट गर्ने छ ।


 


Author

थप समाचार
x