समाज

ठूलो मात्रामा भारतीय कुखुराको चल्ला बरामद

इकागज |
असार २१, २०८१ शुक्रबार २०:२४ बजे

रौतहट- रौतहटस्थित सशस्त्र प्रहरीको गस्ती टोलीले ठूलो परिमाणमा प्रतिबन्धित भारतीय कुखुराको चल्ला बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल ११ नम्बर हेक्वा रौतहटबाट गएको टोलीले परोहा नगरपालिका ८ कबीर चौकस्थित तस्करले भारतीय बजारबाट लुकाई छिपाई ल्याएको एक लाख ७० हजार मूल्य बराबरको १ हजार ७०० थान कुखुराको चल्ला बरामद गरेको हो ।


बरामद चल्लालाई जिल्ला कुखुरा व्यवसायी किसान संघको रोहबरमा खाल्डो खनी पुरेर नष्ट गरिएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन् । सशस्त्र प्रहरीको टोलीलाई हेरेर कुखुरा तस्कर फरार भए पनि उनीहरूले प्रयोग गरेको विआर ०५ एम ५११७ नम्बरको प्लाटिना मोटरसाइकल लगायत साइकलहरू बरामद गरिएको एसपी हुमागाईंले जानकारी दिएका छन् ।

बरामद सवारी साधन आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको सशस्त्र प्रहरीले जारी गरेको जानकारी दिएको छ ।


Author

थप समाचार
x