समाज

वर्षाले हुम्लाका तीन बस्तीमा क्षति

इकागज |
असार २१, २०८१ शुक्रबार २०:३४ बजे

फाइल तस्बिर

हुम्ला- बिहीबार दिनभर र रातिसम्मको अविरल परेको वर्षाले सिमकोट गाउँपालिका–७ मा रहेका तीनवटा बस्तीमा क्षति पुर्याएको छ । वडा नं ७ डाँडाफया साबिकको वडा नं ५ को टुलिङ र दलित बस्ती चुकेडीमा क्षति पुगेको हो ।

वर्षापछि यहाँ रहेका तीनवटा बस्ती जोखिममा रहेको स्थानीय मन्दिर सिंहले बताए । उनका अनुसार बाढीका कारण यस क्षेत्रका १५ वटा खेतमा लगाएको बाली नष्ट भएको छ भने चारवटा पानी घट्टमा क्षति पुगेको छ । 


वडा न ७ को जबुका गाउँमा समेत बालीनाली, खानेपानी पाइप, घट्ट लगायतमा क्षति पुगेको स्थानीय वीरबहादुर सिंहले बताए । वर्षाका कारण खेतमा रहेको आल, सिमी, कोदो, फापर, गहुँ, भटमास, तोरीलगायत नष्ट भएको जनाइएको छ ।


Author

थप समाचार
x