समाज

दार्चुलामा बाढीपहिरोबाट १६ परिवार विस्थापित

इकागज |
असार २१, २०८१ शुक्रबार २१:५२ बजे

दार्चुला- दार्चुलामा बाढीपहिरोबाट १६ परिवार विस्थापित भएका छन् । मार्मा गाउँपालिका–४ र ५ का ती परिवार विस्थापित भएका हुन् ।

मार्मा हुँदै मुरै गोल्फा सित्तोला जोड्ने सडकबाट खसेको पहिरोका कारण मर्मतीका केही परिवार विस्थापित भएका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए । बाढी घरमा पसेपछि विस्थापित परिवार आफन्तकहाँ आश्रय लिएर बसेका छन् । 


पहिरोबाट विस्थापित भएका ९९ जनालाई सुरक्षित स्थान लटिनाथ आधारभूत विद्यालयमा स्थानान्तरण गरिएको मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामीले जानकारी दिए ।

दार्चुलामा बिहीबार साँझदेखि निरन्तर पानी परिरहेको छ ।


Author

थप समाचार
x