समाज

नारायणी नदीमा पानीको सतहले चेतावनी संकेत पार गर्‍यो

इकागज |
असार २२, २०८१ शनिबार १५:२४ बजे

चितवन- अविरल वर्षाका कारण नारायणी नदीमा पानीको सतहले चेतावनी संकेत पार गरेको छ ।

बाढीको सतह निरन्तर बढेकाले थप खतराको संकेत पुग्ने अनुमान गरिएको हो । नारायणी नदीस्थित देवघाटमा पानीको बहाव ८ दशमलव ९ मिटर पुगेको छ ।


देवघाटस्थित बाढी मापन केन्द्रमा नारायणीको सतह ७.३ मिटरसम्मको पानीको बहावलाई चेतावनी संकेत र ९ मिटरलाई खतराको संकेत मान्ने गरिएको छ ।


Author

थप समाचार
x