समाज

उपत्यकाका नदीमा जल सतह बढेपछि करिडोरमा प्रहरी गस्ती

इकागज |
असार २२, २०८१ शनिबार १५:४२ बजे

काठमाडौँ- अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका नदी तथा खोलामा जल सतह बढेपछि सुरक्षाकर्मी परिचालन भएका छन् । 

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनालीले उपत्यकाका करिडोर क्षेत्रमा सम्भावित जोखिम रोक्न प्रहरीको गस्ती थालिएको जानकारी दिए । उनले भने, 'बाढीले नदीका तटीय क्षेत्रका बासिन्दालाई पर्नसक्ने असर र जोखिमलाई मध्यनजर गरेर सबै करिडोरमा गस्ती थालिएको छ ।'


प्रवक्ता मैनालीले बागमती, विष्णुमती, मनहरा, हमुमन्तेलगायत सबै नदी खोलाका करिडोरमा अहिले प्रहरीको गस्ती जारी रहेको जानकारी दिए । उनले अहिलेसम्म उपत्यकामा विपद्जन्य घटना नभएको पनि जानकारी दिए । तीनवटै जिल्लाका सुरक्षाकर्मीलाई परिचालनका लागि तयारी हालतमा राखिएको पनि प्रवक्ता मैनालीले बताए । उनले भने, 'यो बेलामा घटना भइहाल्न सक्छन्, त्यसलाई ध्यानमा राखेर टोली तयारी अवस्थामा छन्, कतैबाट सूचना आउनेबित्तिकै परिचालन हुन्छन् ।'


Author

थप समाचार
x