समाज

ओली निवास बालकोटमा कार्यरत सशस्त्रका इन्सपेक्टरको मृत्यु

इकागज |
असार २२, २०८१ शनिबार १६:१८ बजे

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी ओलीको बालकोटस्थित घरमा कार्यरत सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ ।

४२ वर्षीय सशस्त्र प्रहरी निरीक्षक उमेश थापाको शनिबार बिहान मृत्यु भएको हो । सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोक दरबन्दी भएका थापा शनिबार बिहान साढे ५ बजे सूर्यविनायक-९ गुन्डुमा अचेत अवस्थामा भेटिएका थिए ।


जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजन कार्कीका अनुसार उनलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएकोमा बिहान ६:५० मा चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनास्थलमा प्रहरी वृत्त जगातीको टोली खटिएर अनुसन्धान थालेको कार्कीले बताए । मृतक थापाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ ।

‘शरीरमा कुनै चोटपटक देखिएको छैन, मृतकको घर गुन्डु नै भएको बुझिएको छ,’ प्रहरी नायब उपरीक्षक कार्कीले भने ।


Author

थप समाचार
x