समाज

मनोहरा खोला बस्तीमा पसेपछि अस्थायी बार लगाइयो

इकागज |
असार २२, २०८१ शनिबार १८:१४ बजे

भक्तपुर- भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका–१ स्थित राई टोलमा मनोहरा खोलामा बाँस र जस्तापाताले अस्थायी बार बनाइएको छ ।

नदीको बहाव बढेर बस्तीमा पानी पसेपछि भक्तपुरबाट खटिएको सुरक्षा फौजले बस्ती इलाका कटान नियन्त्रणका लागि बास र जस्तापाताले अस्थायी बार बनाएको छ ।


प्रहरीले लगातारको वर्षापछि नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेको छ ।

 


Author

थप समाचार
x