समाज

सप्तकोशीमा जल सतह यो वर्षकै उच्च, ब्यारेजका ३४ वटा ढोका खोलियो

इकागज |
असार २२, २०८१ शनिबार १८:२६ बजे

फाइल तस्बिर

सुनसरी- सप्तकोशी नदीको जल सतह आज यस वर्षकै सबैभन्दा उच्च भएको छ । दिउँसो ३ बजे कोशी ब्यारेजमा दुई लाख ७२ हजार ४८५ क्युसेक जल सतह मापन गरेको नियन्त्रण मापन केन्द्रले जानकारी दिएको छ ।

अहिले नदीको बहाव बढेसँगै कोशी ब्यारेजको ३४ वटा ढोका खोलिएका छन् । आज बिहान ४ बजे एक लाख २४ हजार चार सय ६५ क्युसेक प्रतिसेकेन्ड जल सतह मापन गरिएको केन्द्रका कर्मचारी अमित यादवले बताए । उनले भने, 'पहाडी क्षेत्रमा हिजोदेखि निरन्तर वर्षा भएसँगै कोसी नदीमा जल सतह उच्च भएको हो । जल सतह उच्च भए पनि हालसम्म पूर्वी तटबन्धमा कुनै क्षति भएको छैन ।' रासस



Author

थप समाचार
x