समाज

पहिरोको जोखिममा परेको घरबाट उद्धार

इकागज |
असार २२, २०८१ शनिबार १८:५६ बजे

तनहुँ- तनहुँ जिल्लाको ब्यास नगरपालिका–१२ कमलबारीस्थित एक घर पहिरोको जोखिममा परेपछि मानिस र सामान अन्यत्र सारिएको छ ।

स्थानीय भुमाया अछामीको घरमुनिबाट पहिरो खसेर घर नै जोखिममा परेपछि सशस्त्र प्रहरी बल नेपाल नं. २३  मनकामना गण भानु तनहुँबाट गएको सुरक्षा फौजले घरका मानिस र सामान सुरक्षित स्थानमा सारेको हो । पहिरोमा केही चौपाया पुरिएको आशंका गरिएको छ ।



Author

थप समाचार
x