समाज

तनहुँमा पहिरोमा परी तीनजना बेपत्ता

इकागज |
असार २२, २०८१ शनिबार १९:४ बजे

तनहुँ- शुक्लागण्डकी नगरपालिका–७ काउरेमा पहिरोमा परेर आज तीन जना बेपत्ता भएका छन् । 

शुक्रबारदेखि परेको अविरल वर्षाका कारण आज दिउँसो गएको पहिरोमा परेर स्थानीय तीन जना बेपत्ता भएको तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बेपत्ता हुनेमा स्थानीय ४० वर्षीय हीरा नेपाली, ३७ वर्षीया अनिषा बाँस्तोला र ६५ वर्षीय श्याम भण्डारी रहेको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए ।


पहिरोमा परेर बेपत्ता भएकाको खोजी भइरहेको उनले जानकारी दिए । नेपाली सेना, नेपाल प्रहरी, स्थानीयवासीको सहयोगमा बेपत्ता भएकाको खोजी भइरहेको उनले बताए । 

ढुङ्गा लागेर एकको मृत्यु

ऋषिङ गाउँपालिका–१ झापुटारमा ढुङ्गा लागेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ऋषिङ गाउँपालिका–१ मालिङ्गाका ५० वर्षीय कृष्णबहादुर पुलामी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । ढुङ्गा खस्दा टाउको र पेटमा चोट लागी घाइते भएका उनको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए । रासस


Author

थप समाचार
x