समाज

दाङको सतवरियामा डुबानमा परेका २५ जनाको सकुशल उद्धार

इकागज |
असार २२, २०८१ शनिबार १९:१६ बजे

दाङ- अविरल वर्षाको कारण दाङ जिल्लाको लमही नगरपालिका–८ सतवरिया गाउँमा डुबान परेका २५ जनाको असार २२ गते सकुशल उद्धार गरिएको छ ।

नं. २९ गण दाङ र नं. ४१ रिजर्भ गण अर्जुनखोल दाङबाट खटिएको सुरक्षा फौजले रवर बोटको सहायताले उनीहरूको सकुशल उद्धार गरेको हो । सोही स्थानका करिब ५० घरहरू डुबानमा परेका थिए ।



Author

थप समाचार
x