Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

समाज

पहिरोले बागलुङ-बेनी-जोमसोम सडक अवरुद्ध

इकागज |
असार २२, २०८१ शनिबार १९:४१ बजे

बागलुङ- अविरल वर्षाका कारण पहिरो खस्दा बागलुङ-बेनी- जोमसोम सडक अवरुद्ध भएको छ । कालीगण्डकी करिडोर मालढुङ्गा-जोमसोम सडकको विकल्पका रूपमा रहेको उक्त सडकको बागलुङ खण्ड अवरुद्ध भएको हो ।

बागलुङ नगरपालिका-४ बान्द्रेमा सडकमाथिबाट पहिरो खस्दा बागलुङ-बेनी-जोमसोम सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिए ।


यादवका अनुसार बागलुङ सडक डिभिजन कार्यालयको पहलमा सडक खुलाउन पहल भइरहेको बताए । करिडोरको मालढुङ्गा-बेनी-जोमसोम सडक स्तरोन्नति भइरहेको सन्दर्भमा मुस्ताङ जाने पर्यटकले समेत उक्त सडक प्रयोग गर्दै आइरहेका छन् ।


Author

थप समाचार
x