समाज

पर्वतमा पहिरो खस्दा दुईजना भरभित्रै पुरिए

इकागज |
असार २२, २०८१ शनिबार २०:३९ बजे

फाइल तस्बिर

पर्वत- बस्तीभन्दा माथिको पाखाबाट आएको पहिरोले घरगोठ पुरिँदा पर्वतको फलेवास नगरपालिका–१ कार्कीनेटामा दुई युवा बेपत्ता भएका छन् ।

स्थानीय अम्फिडाँडाका कुलप्रसाद पाध्याको घर पुरिँदा उहाँका ४० वर्षीय छोरा झलक शर्मा र स्याङ्जाको आँधीखोला गाउँपालिका–३ का ३२ वर्षीय तुलसीराम पौडेल बेपत्ता भएका हुन् । स्थानीय र सुरक्षाकर्मीले उद्धारको प्रयास गरे पनि वर्षा नरोकिएका कारण कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । 


उक्त स्थानमा थप पहिरो आउने जोखिम रहेकाले थप मानवीय क्षति हुन नदिन उद्धारकर्ताको सुरक्षालाई ध्यानमा राखेरका काम अगाडि नबढेको कार्कीनेटाका वडाध्यक्ष चोलाकान्त पाध्याले जानकारी दिए । 

पहिरोमा पाध्याका दुईवटा भैँसी, एउटा गोरु र चार बाख्रा पनि पुरिएका छन् । गोठमा पहिरो आउनसक्ने सम्भावना देखेर चौपाया निकाल्न गएकै बेला पहिरो आएकाले उद्धार गर्न नसकिएको वडाध्यक्ष पाध्याले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक भुवन बरामको नेतृत्वमा १२ जनाको टोली घटनास्थलतर्फ खटाइएको छ । रासस


Author

थप समाचार
x