समाज

जङ्गली च्याउ खाँदा तनहुँमा तीनजना बिरामी

इकागज |
असार २२, २०८१ शनिबार २०:४७ बजे

फाइल तस्बिर

तनहुँ- जङ्गलबाट ल्याएको च्याउ खाँदा आज तनहुँमा तीन जना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार घिरिङ गाउँपालिका–१ पुट्टार नयाँबस्ती निवासी ६० वर्षीया लीलामाया विक, ४० वर्षीया कमला विक र १५ वर्षीया अनिता विक बिरामी भएका हुन् ।

अनिताले जङ्गलबाट ल्याएको च्याउ खाँदा उनीहरू बिरामी परेको प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए । बिरामी तीनै जनाको स्थानीय धुलिखेल अस्पतालमा उपचार गरी थप उपचारका लागि मेट्रोसिटी अस्पताल पाल्पा पठाइएको छ ।


घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x