समाज

हेटौँडा-५ का २५ घर डुबानमा

इकागज |
असार २२, २०८१ शनिबार २१:४० बजे

मकवानपुर- आज बिहानदेखि परेको अविरल वर्षाका कारण हेटौँडा उपमहानगरपालिका–५ का विभिन्न स्थानमा करिब २५ घर डुबानमा परेका छन् । डुबानमा परेका नागरिकको प्रहरीले सकुशल उद्धार गरेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । 

नालामा आएको भेलले निकास नपाएपछि घर डुबानमा परेको हो । विशेषगरी गरी क्षेत्रका घर डुबानमा परेका छन् । अपराह्न पानी रोकिएपछि डुबान घट्दै गएको र जनजीवन सामान्य बन्दै गएको प्रहरीले जनाएको छ । 


मकवानपुरगढी गाउँपालिका–२ स्थित सन्तबहादुर घलानको गोठ भासिएर गोठभित्र फसेका चारवटा गाईको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । वर्षाका कारण पहिरो गएर अवरुद्ध बनेका सडकमा यातायात सञ्चालनको तयारी भइरहेको छ ।


Author

थप समाचार
x