समाज

हास्य कलाकार गजुरेलको पूर्वपत्‍नी मिना ढकाल पक्राउ

इकागज |
असार २३, २०८१ आइतबार १४:१५ बजे

काठमाडौँ- कलाकार मनोज गजुरेलको घरमा ताला लगाउन पुगेकी मीना ढकाल पक्राउ परेकी छन् ।

भक्तपुरको बालकोटस्थित गजुरेलको घरमा आइतबार बिहान पुगेकी ढकाललाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजन कार्कीले जानकारी दिए।


उनकाअनुसार घरमा ताला लगाउन भन्दै ढकाल पुगेकी थिइन् । त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

‘तीन/चार दिनअघि उहाँविरूद्ध साइबर अपराधमा जाहेरी आएको थियो,’ उनले भने, ‘आज बिहान उहाँ घर पुग्नु भएपछि पक्राउ पर्नुभयो। हामीले साइबर अपराधमा अनुसन्धान थालेका छौं ।’

केही समयअघि कलाकार गजुरेल र ढकालको सम्बन्धविच्छेद भएको थियो ।


Author

थप समाचार
x