समाज

दूध बिक्री गरी घर फर्कने क्रममा राप्तीमा बेपत्ता भएका यादवको शव फेला

इकागज |
असार २३, २०८१ आइतबार १४:२९ बजे

दाङ- अविरल वर्षाका कारण राप्ती नदीमा बेपत्ता भएका दुई जनाको शव फेला परेको छ ।

दाङ जिल्लाको राजपुर गाउँपालिका–२ बेलाका बस्ने १८ वर्षीय राजकुमार यादवको शव सोही जिल्लाको लमही नगरपालिका–७ हसनपुर घाटमा सशस्त्र प्रहरी बल नेपाल नं. ४१ रिजर्भ गण अर्जुनखोला र नेपाल प्रहरीको संयुक्त टोलीले फेला पारेको हो । उनी दूध बिक्री गरी घर फर्कने क्रममा असार २२ गते बिहान करिब ९:३० बजे सो नदीले बगाएको बताइएको छ ।


त्यस्तै सोही जिल्लाको लमही नगरपालिका–७ नयाँबस्ती बस्ने ६२ वर्षीय मणि चौधरीको शव सोही गण र नेपाल प्रहरीको संयुक्त टोलीले फेला पारेको छ । तरकारी टिप्न गएका उनी असार २२ गते सो नदिले बगाई बेपत्ता भएका थिए ।


Author

थप समाचार
x