समाज

नारायणी नदीमा फसेका ५८ जनाको सकुशल उद्धार

इकागज |
असार २३, २०८१ आइतबार १५:१९ बजे

चितवन- चितवन जिल्लाको भरतपुर महानगरपालिका-१६ झन्झने गोब्रेनीस्थित नारायणी नदीमा फसेका ५८ जनाको असार २२ गते राति पौने ११ बजे सकुशल उद्धार गरिएको छ ।

वर्षाका कारण नारायणी नदीमा आएको बाढीमा फसेको भन्ने खबर पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवन र नेपाल प्रहरीको टोलीले उनीहरूको सकुशल उद्धार गरी सुरक्षित स्थानमा सारेको हो ।  



Author

थप समाचार
x