समाज

संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयलाई छिटो टुङ्गो लगाउनुपर्नेमा आयोगको जोड

इकागज |
असार २४, २०८१ सोमबार १६:४७ बजे

फाइल फोटो/इकागज

काठमाडौँ - राष्ट्रिय मानवअधिकार आयोगले संक्रमणकालीन न्यायसँग सम्बन्धी विषयलाई पीडित मैत्री बनाएर छिटो टुङ्गो लगाउनुपर्नेमा जोड दिएको छ । 

सोमबार ललितपुरमा सरोकारवालासंग छलफल गर्दै आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगले दिएका सुझावका आधारमा संक्रमणकालीन न्यायसँग सम्बन्धी विषयलाई पीडितमैत्री बनाएर छिटो टुङ्गोमा पुराउनुपर्ने बताएका हुन् । 


उनले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई अन्तराष्ट्रिय सिद्धान्त, सर्वोच्च अदालतको आदेश र आयोगको सिफारिस बमोजिम संशोधन गर्न पटक पटक सुझाव दिएको धारणा राखे । 

आयोगले गम्भीर प्रकृतिका बेपत्ता, गैरन्यायिक हत्या, अपहरण, यातना, बलात्कार, तथा यौन हिंसासम्बन्धी मुद्दामा आम माफी दिने कार्य नगर्न नगराउन पनि ध्यानाकर्षण गराउँदै आएको उनले बताए । 

अध्यक्ष मगरले द्वन्द्वकालीन अवस्थामा सहभागी भएका व्यक्ति, पीडित, सरकार लगायतको साझा प्रयास बेगर संक्रमणकालीन न्यायलाई टुङ्गोमा पुराउन कठिन हुने जिकिर गरे । 

उनले आयोगले द्वन्द्वकालीन मुद्दाहरू अध्ययन गरिरहेको र आवश्यकता अनुसार राज्यलाई निर्देशन दिइएको तर आदेश कार्यान्वयनमा समस्या देखिएको बताए । 


Author

थप समाचार
x