समाज

अवरुद्ध सडक खुलाउँदै सशस्त्र प्रहरी

इकागज |
असार २४, २०८१ सोमबार १७:७ बजे

भक्तपुर- भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका–६ नगरकोटमा असार २४ गते पहिरो गई अवरुद्ध भएको सडक सशस्त्र प्रहरीले सुचारु गरेको छ ।

नगरकोटबाट कात्तिके भन्ज्याङ्ग हुँदै साँखु जाने सडकमा पहिरो जाँदा सोही स्थानमा रहेको सेरेनी रिसोर्टको भवनमा समेत क्षति पुगेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २२ गुहेश्वरी गण भक्तपुरबाट गएको टोलीले डोजरको सहायतामा अवरुद्ध सडक सुचारु गरेको हो ।



Author

थप समाचार
x