समाज

भारतीय अर्बपति अम्बानीका छोराको बिहेमा विनोद चौधरीलाई निम्तो

इकागज |
असार २४, २०८१ सोमबार १७:४४ बजे

काठमाडौँ- भारतका अर्बपति मुकेश अम्बानीले आफ्ना छोरा बुहारीको विवाहमा नेपालका एक मात्र अर्बपति विनोद चौधरीलाई निमन्त्रणा दिएका छन् ।

चौधरीले सोमबार सामाजिक सञ्जालमार्फत निमन्त्रणाका लागि अम्बानीप्रति धन्यवाद तथा आभार व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालबाटै आफू उक्त विवाह समारोहमा उपस्थित हुन नसक्ने पनि उल्लेख गरेका छन् । साथै चौधरीले विवाह समारोहमा आफ्ना छोरा बुहारी भने उपस्थित हुने बताएका छन् ।


मुकेश अम्बानीको कान्छा छोरा अनन्तको राधिका मर्चेन्टसँग मुम्बईमा १२ जुलाईमा विवाह हुँदैछ । तीन दिन लामो यो विवाहको दोस्रो दिन यही जुलाई १३ गते शुभ आशीर्वाद कार्यक्रमको आयोजना गरिएको छ ।

जुलाई १४ मा रिसेप्सन हुनेछ । जसमा विश्वभरका भीभीआईपी अतिथिहरू सहभागी हुने छन् । तीन दिनको यी कार्यक्रमहरू मुम्बईको जियो वर्ल्ड सेन्टरमा मात्र हुने छन् ।

 


Author

थप समाचार
x