समाज

मुग्लिन-मलेखु सडक पुन: सञ्‍चालन

इकागज |
असार २४, २०८१ सोमबार १९:३५ बजे

चितवन- पहिरोका कारण अवरुद्ध बनेको मुग्लिन–मलेखु सडक दुईतर्फी सञ्चालनमा आएको छ ।  

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार पृथ्वीराजमार्गको मुग्लिन-मलेखु सडक खण्ड अन्तर्गत चितवनको  इच्छाकामना–३ डहकी खोलामा सोमबार १ः३० बजे पहिरो खस्दा सडक अवरुद्ध थियो ।  


पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए ।


Author

थप समाचार
x