समाज

जयपृथ्वी राजमार्ग सञ्चालन

इकागज |
असार २४, २०८१ सोमबार २१:२२ बजे

बैतडी- पहिरोले अवरुद्ध खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । बैतडीको पाटन नगरपालिका–८ स्थित विजयपुर नजिकै ठूलो पहिरो गएपछि गए रातिदेखि सडक अवरुद्ध भएको थियो । 

बिहानदेखि सडक डिभिजन कार्यालयबाट मगाइएका लोडरसहितका मेसिन प्रयोग गरी अपराह्नपछि राजमार्ग सञ्चालन भएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए । हिजो राति दुईपटक पहिरो गएको थियो । पहिलोपटक गएको पहिरो हटाएर साँझतिर सडक सञ्चालन गरिएकामा फेरि पहिरोबाट सडक अवरुद्ध भएको थियो ।



Author

थप समाचार
x