समाज

विराटनगरमा एक युवाको हत्या, दुई गम्भीर

इकागज |
असार २५, २०८१ मंगलबार ११:४४ बजे

तस्विरः फाइल फोटो

काठमाडौं- विराटनगरमा एक जनाको हत्या भएको छ । दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मृत्यु हुनेमा कटहरी गाउँपालिका–१ जमटोकीका २१ वर्षीय करण कामत रहेका छन्।

कटहरी–१ जमटोकीकै  १७ वर्षीय अमन राय र २२ वर्षीय विक्रम मण्डल घाइते छन् । उनीहरू तीनैजना हिजो राति विराटनगर महानगरपालिका–२ मा गम्भीर अवस्थामा भेटिएका थिए। 


घाइतेलाई अस्पताल पुर्याएपछि मात्रै प्रहरीले घटनाबारे जानकारी पाएको थियो । मृतक कामतलाई धारिलो हतियार प्रहार गरी छाती र कम्मरको भागमा चक्कु प्रहार भएको जस्तो चोट देखिएको छ । घाइतेहरूको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। 

हिजो दिउँसो अर्को समूहसँग बाटो हिँड्ने क्रममा ग्याङ फाइट भएको र राति रिसिइबीले गम्भीर मोड लिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले घटनामा संलग्न केही युवाहरूलाई पक्राउ गरेर सोधपुछ र थप अनुसन्धान गरिरहेको छ ।


Author

थप समाचार
x